सोमबार, फाल्गुन २६,२०८१ 06:21:28
IME remit
  • सोमबार, फाल्गुन २६,२०८१ 06:21:28
IME remit
Global IME Bank Limited

अमेरिकामा नेपाललाई विश्वकै ‘साहसिक पर्यटन राजधानी’ को रूपमा प्रस्तुत

Hyundai Nepal
अमेरिकामा नेपाललाई विश्वकै ‘साहसिक पर्यटन राजधानी’ को रूपमा प्रस्तुत
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यवहरुको प्रचार तथा प्रबर्द्धन गरिएको छ । अमेरिकाको कोलोराडोस्थित डेन्वरमा भएको ट्राभल एण्ड एड्‌भेन्चर शो–२०२५ मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्‍वमै ‘साहसिक पर्यटन राजधानी’ को प्रस्तुत गरेको छ ।

यही मार्च ८–९ मा सम्पन्‍न ‘ट्राभल एण्ड एड्‌भेन्चर शो२०२५’ मा नेपाल पर्यटन बोर्डले एक विशेष कार्यक्रमको आयोजना गर्दै नेपाललाई एक साहसिक र सुरक्षित पर्यटन गन्तव्यको रुपमा प्रस्तुत गरिएको हो । बोर्डका कार्यकारी समिति सदस्य ऋषिराम भण्डारी र बोर्डका कार्यकारी निर्देशकले नेपालको समृद्ध र विविध पर्यटकीय क्षेत्र र गतिविधिहरुको बारेमा जानकारी दिँदै अमेरिकी पर्यटन व्यवसायीहरुलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गरेका छन् ।

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

सोही कार्यक्रमका बीच नेपाल पर्यटन बोर्डले कार्यक्रममा सहभागी पर्यटन व्यवसायीमध्येबाट लक्की ड्रमार्फत एक जनालाई सगरमाथा आधार शिविरसम्मको पदयात्रा निःशुल्क गराउने भएको छ । उक्त लक्की ड्र अमेरिकी पर्यटन व्यवसायी उपला सेफर्टले जितेकी हुन् । उनले यही मार्चदेखि मेसम्ममा नेपाल भ्रमण गरिसक्नुपर्नेछ । नेपाल भ्रमणका क्रममा लाग्‍न खर्च बोर्डले व्यवहोर्ने भएको छ ।

यसले अमेरिकी बजारमा नेपालको पर्यटन प्रबर्द्धन र प्रचारका लागि थप मद्दत पुग्‍ने बोर्डको विश्वास छ । ‘ट्राभल एण्ड एड्‌भेन्चर शो–२०२५’ आधिकारिक वेबसाइट अनुसार नेपाललाई साहसिक यात्राको राजधानीको रुपमा उल्लेख गरिएको छ । जसमा भनिएको छ, ‘विश्‍वका ८ हजारभन्दा अग्ला १४ वटा शिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यसकारण पनि नेपाल ुपर्वतारोहीको लागि उत्कृष्टु गन्तव्य हो । अद्भुत प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र समृद्ध सांस्कृतिक धरोहरले नेपाललाई साहसिक यात्रा गर्नेहरुका लागि अनुपम अनुभव प्रदान गर्दछ।’

Sagarmatha Cement

नेपाल पदयात्राबाहेक पर्वतारोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जिप(लाइनिङ, जंगल सफारीजस्ता साहसिक पर्यटकीय गतिविधिहरुले पनि संसारमा चिनिएको उक्त वेबसाइटमा उल्लेख छ ।

कोरोना महामारीपछि नेपालमा पर्यटकहरु भित्र्याउनका लागि नेपाल पर्यटन बोर्डले संसारका विभिन्‍न मुलुकहरुमा पर्यटन प्रबर्द्धन, प्रचार र पर्यकीय गतिविधिहरुमा तीव्रता दिइरहेको छ। ‘ट्राभल एण्ड एड्‌भेन्चर शो–२०२५’ मा नेपालका ९ वटा निजि पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो । नेपालले आयोजना गरेको विशेष कार्यक्रममा ५५ वटा अमेरिकी टुर अपरेटर कम्पनीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.