शनिबार, आश्विन ३१,२०८३ 06:01:27
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 06:01:27
Bizshala
Global IME Bank Limited

बेनी नगरको आन्तरिक आम्दानी झन्डै चार करोड, लक्ष्य नजिक पुगेको दाबी

Bizshala
बेनी नगरको आन्तरिक आम्दानी झन्डै चार करोड, लक्ष्य नजिक पुगेको दाबी
New Office

काठमाण्डौ । म्याग्दीको बेनी नगरपालिकाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म झन्डै चार करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ।  

नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म तीन करोड ९६ लाख ६ हजार रुपैयाँ आन्तरिक आम्दानी जुटिसकेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नगरपालिकाले चालू आर्थिक वर्षमा आन्तरिक स्रोतबाट पाँच करोड ६५ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।  

यसमध्ये आन्तरिक आय, घरजग्गा रजिष्ट्रेशन शुल्क, विज्ञापन कर, मनोरञ्जन कर तथा नदीजन्य पदार्थको बिक्रीबाट आम्दानी गर्ने योजना बनाइएको थियो।

नगर उपप्रमुख ज्योति लामिछानेका अनुसार जेठ मसान्तसम्म वडा कार्यालयहरूबाट एक करोड ५३ लाख ८५ हजार रुपैयाँ र नगर कार्यपालिकाको कार्यालयबाट एक करोड ७१ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

घरजग्गा रजिष्ट्रेशन शुल्कबाट ६१ लाख ७२ हजार रुपैयाँ, नदीजन्य पदार्थ बिक्रीबाट सात लाख १३ हजार रुपैयाँ तथा विज्ञापन करबाट दुई लाख १० हजार रुपैयाँ आम्दानी भएको छ।

वडागत तथ्यांकअनुसार वडा नम्बर ८ राजस्व संकलनमा अग्रस्थानमा रहेको छ। उक्त वडाले मात्रै ४७ लाख २७ हजार रुपैयाँ संकलन गरेको छ।  

वडा नम्बर ७ ले २२ लाख ८ हजार रुपैयाँ, वडा नम्बर ९ ले १६ लाख ९९ हजार रुपैयाँ र वडा नम्बर ४ ले १४ लाख २६ हजार रुपैयाँ राजस्व उठाएका छन्।

र्माले आर्थिक वर्षको अन्त्यसम्म लक्ष्यको करिब ९० प्रतिशत राजस्व संकलन हुने अपेक्षा गेको पालिकाले जनाएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

तर, नदीजन्य पदार्थबाट प्राप्त हुने आम्दानी अपेक्षाअनुसार नबढेकाले लक्ष्यभन्दा केही कम राजस्व उठ्न सक्ने संकेत गर्नुभयो।

नगरपालिकाले आगामी वर्ष आन्तरिक आय बढाउन विशेष अभियान सञ्चालन गर्ने योजना बनाएको छ। 

करको दायरा विस्तार गर्ने, व्यवसायलाई कर प्रणालीमा आबद्ध गराउने र राजस्व चुहावट रोक्ने उपायलाई प्राथमिकतामा राखिने नगरपालिकाले जनाएको छ।

नगरप्रमुख सुरत केसीका अनुसार आगामी आर्थिक वर्षको नारा “नगर समृद्धिको आधारः आन्तरिक आयको विस्तार” तय गरिएको छ।  

सोही अनुरूप करदाता सचेतना कार्यक्रम, उत्कृष्ट करदातालाई सम्मान तथा प्राकृतिक स्रोतको उपयोगबाट हुने राजस्व चुहावट नियन्त्रणका लागि नीतिगत सुधार गरिनेछ।

गत आर्थिक वर्षमा बेनी नगरपालिकाले चार करोड ९५ लाख २९ हजार रुपैयाँभन्दा बढी आन्तरिक आम्दानी गरेको थियो।  

नगरपालिकाले व्यवसाय कर, घरबहाल कर, मालपोत, नक्सा पास, विज्ञापन कर तथा विभिन्न सेवा दस्तुरमार्फत राजस्व संकलन गर्दै आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.