काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ।
कम्पनीले असोज मसान्तसम्म १० करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा २३.९० प्रतिशतले घटेको हो।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी भने १३.०८ प्रतिशतले बढेर ३ अर्ब ७ करोड २ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आम्दानी २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ थियो। कुल खर्च भने १४.९६ प्रतिशतले बढेर २ अर्ब ९७ करोड २ लाख रुपैयाँ पुगेको छ। आम्दानीभन्दा खर्चको वृद्धिदर बढी हुँदा नाफामा दबाब परेको देखिन्छ।
कम्पनीको खुद बीमाशुल्क आर्जन १६.८२ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो बीमाशुल्क २ अर्ब १२ करोड ६३ लाख रुपैयाँ थियो।
यस्तै जीवन बीमा कोष ३५.०७ प्रतिशतले बढेर २९ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा जीवन बीमा कोष २१ अर्ब ५९ करोड १० लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चित मुनाफा १७.८१ प्रतिशतले बढेर ५८ करोड ७० लाख रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी १०.५२ रुपैयाँबाट घटेर ८.०१ रुपैयाँमा झरेको छ। प्रतिसेयर नेटवर्थ १३३.५० रुपैयाँ रहेको छ भने चुक्तापुँजी ५ अर्ब रुपैयाँ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।