काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म ८६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा नाफा सामान्य अर्थात करिब ०.३५ प्रतिशतले बढेको हो।
कम्पनीको कुल आर्जित बीमाशुल्क भने उल्लेख्य बढेको छ। पहिलो त्रैमासमा कुल आर्जित बीमाशुल्क १४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो बीमाशुल्क १३ अर्ब ५० करोड रुपैयाँ थियो। यो करिब १० प्रतिशतको वृद्धि हो।
त्यस्तै खुद आर्जित बीमाशुल्क १३ अर्ब ३६ करोड रुपैयाँबाट बढेर १४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा कुल आम्दानी १८ अर्ब ३६ करोड रुपैयाँ थियो। कुल आम्दानी करिब १०.७२ प्रतिशतले बढेको हो।
कम्पनीको प्रथम बीमाशुल्क आम्दानी पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ७७ करोड रुपैयाँ रहेको प्रथम बीमाशुल्क यस वर्ष बढेर ३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। यो करिब १९ प्रतिशतको वृद्धि हो।
नवीकरण बीमाशुल्क १० अर्ब ७२ करोड रुपैयाँबाट बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको कुल सम्पत्ति ३ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा कम्पनीको कुल सम्पत्ति २ खर्ब ९२ अर्ब ३३ करोड रुपैयाँ थियो।
कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ। गत वर्षको सोही अवधिमा ८.९८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यस वर्ष ८.१४ रुपैयाँमा सीमित भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।