शुक्रबार, कार्तिक २७,२०८३ 02:24:40
  • शुक्रबार, कार्तिक २७,२०८३ 02:24:40
Global IME Bank Limited

जीवन बीमामा सरेन्डरको दबाब कायमै, तीन महिनामै ३ अर्ब ८९ करोड बाहिरियो

Bizshala
जीवन बीमामा सरेन्डरको दबाब कायमै, तीन महिनामै ३ अर्ब ८९ करोड बाहिरियो
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरूमा बीमालेख समर्पण (सरेन्डर) गर्ने प्रवृत्ति अझै बढ्दो देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै बीमितले ३ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ बराबरको बीमालेख समर्पण गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समर्पणबापत भुक्तानी भएको रकम ११.५० प्रतिशतले बढेको हो।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार असोज मसान्तसम्म २३ हजार ७९५ वटा जीवन बीमालेख समर्पण भएका छन्। गत आर्थिक वर्षको पहिलो तीन महिनामा यस्तो संख्या २२ हजार ९९९ रहेको थियो। यसरी बीमालेख समर्पण गर्ने संख्या पनि ३.४६ प्रतिशतले बढेको छ।

बीमालेख समर्पणको संख्या र रकम दुवै बढ्नुले बीमितले बीमा अवधि पूरा हुनुअघि नै पोलिसीबाट बाहिरिने क्रम बढिरहेको संकेत गर्छ। विशेषगरी समर्पण हुने बीमालेखको संख्याभन्दा रकमको वृद्धिदर उच्च देखिएकाले समर्पणबापत कम्पनीहरूले गर्ने भुक्तानीमा थप दबाब परेको देखिन्छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

व्यतीत बीमालेखमा भने सुधार

सरेन्डर बढिरहेको अवस्थामा समयमा बीमाशुल्क भुक्तानी नगर्दा व्यतीत (ल्याप्स) हुने बीमालेखको संख्यामा भने उल्लेख्य कमी आएको छ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १० लाख १६ हजार ७१२ वटा बीमालेख व्यतीत भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १२ लाख २० हजार ५४८ थियो। यसअनुसार व्यतीत बीमालेखको संख्या १६.७० प्रतिशतले घटेको छ।

त्यस्तै, रकमका आधारमा पनि व्यतीत बीमालेख घटेका छन्। गत वर्षको असोज मसान्तसम्म ३६ अर्ब ७८ करोड ६७ लाख रुपैयाँ बराबरका बीमालेख व्यतीत भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३६ अर्ब १३ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ। यो १.७८ प्रतिशतको गिरावट हो।

Garima Development Bank
Bizshala
IME remit

बीमा बजारमा दोहोरो संकेत

बीमालेख व्यतीत हुने संख्यामा आएको कमीले बीमा निरन्तरतामा सकारात्मक संकेत गरे पनि सरेन्डरको बढ्दो प्रवृत्तिले जीवन बीमा बजारमा चुनौती कायमै रहेको देखाउँछ।

बीमितको आर्थिक अवस्था, बीमालेख खरिद गर्दा गरिएको वित्तीय योजना, बीमासम्बन्धी पर्याप्त जानकारीको अभाव तथा बीमा अभिकर्ताबाट प्राप्त हुने परामर्शलगायत पक्षले सरेन्डरको निर्णयलाई प्रभावित गर्न सक्छन्।

जीवन बीमा कम्पनीहरूका लागि नयाँ व्यवसाय विस्तारसँगै पुराना बीमितलाई बीमालेखमा टिकाइराख्नु पनि उत्तिकै महत्वपूर्ण देखिएको छ। त्यसैले बीमितलाई बीमालेखका सर्त, लाभ र दीर्घकालीन वित्तीय महत्वबारे पर्याप्त जानकारी दिनु तथा ग्राहकको आवश्यकता र भुक्तानी क्षमताअनुसार बीमा योजना बिक्री गर्नु आवश्यक देखिन्छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.