पोलिसी सरेण्डर संख्या घट्दा पनि रकम बढ्यो, दुई महिनामै बाहिरियो रु.२.५७ अर्ब
काठमाण्डौ । जीवन बीमा पोलिसी बीचमै त्याग्ने अर्थात् सरेण्डर गर्ने बीमितको संख्या घटे पनि त्यसबापत बीमा कम्पनीबाट बाहिरिने रकम भने बढेको छ।नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म १४ हजार ९९६ वटा जीवन बीमालेख सरेण्डर भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा १५ हजार ८६८ वटा पोलिसी सरेण्डर भएका थिए। यस आधारमा सरेण्डर हुने पोलिसीको संख्या ५.६७...

