मंगलवार, बैशाख ८,२०८३ 01:51:03
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 01:51:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पोलिसी सरेण्डर गर्नेको संख्या १८.०३५ ले घट्यो, नवीकरण नभएको बीमालेख १२ लाख माथि

Bizshala
पोलिसी सरेण्डर गर्नेको संख्या १८.०३५ ले घट्यो, नवीकरण नभएको बीमालेख १२ लाख माथि
Shivam Cement

काठमाण्डौ। जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी सरेण्डरदर घट्दै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमाससम्म २२ हजार ९९९ वटा अर्थात ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

पोलिसी सरेण्डर भएको संख्या गत आवको सोही अवधिसम्मको तुलनामा १८.०३ प्रतिशत कम हो भने पोलिसी सरेण्डर रकम ८.७९ प्रतिशत कम हो । गत आवको पहिलो त्रैमाससम्म २८ हजार ५७ वटा पोलिसी बराबरको ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेपाल बीमा प्राधिकरण र जीवन बीमा कम्पनीहरुले पोलिसी त्याग गर्नेको सख्या घटाउन विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् । नियामक निकाय र जीवन बीमकहरुले विभिन्न स्थानीय निकायहरुसँग समन्वय गरी बीमा साक्षरता कार्यक्रम आयोजना गरी बीमा सचेतना फैलाइरहेका छन् ।

पोलिसी त्याग गर्नेको संख्या र रकम घटेपनि यता व्यतित बीमालेख संख्या र रकम भने गत  आवको तुलनामा बढेको छ । सो अवधिसम्म नवीकरण नभएका बीमालेख संख्या १२ लाख २० हजार ५४८ पुगेको छ, जुन यो गत आवको तुलनामा १.८६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म यस्तो संख्या ११ लाख ९८ हजार २९५ रहेको थियो ।

CG Motors
Garima Development Bank
IME remit

सो अवधिसम्म व्यतित बीमालेख रकम ३६ अर्ब ७८ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यो रकम गत आवको तुलनामा ४.९८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म यस्तो रकम ३५ अर्ब ७ करोड २० लाख रुपैयाँ थियो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.