बिहीबार, कार्तिक १९,२०८३ 06:46:45
  • बिहीबार, कार्तिक १९,२०८३ 06:46:45
Global IME Bank Limited

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

Bizshala
TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै
New Office

काठमाण्डौ । भारतीय चर्चित र्‍याप रियालिटी शो ‘MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ। कार्यक्रमको टाइटल स्पोन्सरमा TVS NTORQ आबद्ध भएको छ।

मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको यो कार्यक्रम ‘TVS NTORQ Presents Hustle by NepHop’ का रूपमा प्रस्तुत हुनेछ। कार्यक्रम कान्तिपुर टेलिभिजनमार्फत प्रसारण गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अन्तर्राष्ट्रिय र्‍याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रममा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपाली हिप–हप पहिचानलाई प्रमुख स्थान दिइनेछ।

कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ। स्थापित र्‍यापरदेखि नयाँ प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर दिने उद्देश्य राखिएको छ।

Garima Development Bank
Bizshala
IME remit

युवापुस्ताको ऊर्जा, सिर्जनशीलता र आत्मविश्वाससँग जोडिएको ब्रान्डका रूपमा TVS NTORQ ले नेपाली हिप–हप संस्कृतिको प्रवर्द्धनमा सहकार्य गर्न कार्यक्रमको टाइटल स्पोन्सर बनेको जनाइएको छ।

‘गल्लीदेखि ग्लोरीसम्म’ भन्ने मूल भावनासहित सञ्चालन हुने ‘Hustle by NepHop’ ले नेपाली हिप–हप प्रतिभालाई राष्ट्रिय मञ्च उपलब्ध गराउने अपेक्षा गरिएको छ।

कार्यक्रमको प्रसारण मिति तथा अन्य विस्तृत जानकारी भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.