नेपालको पश्चिमी भू–भागबाट मनसुन बिदा, तर पश्चिमी वायूका कारण अझै वर्षा र हिमपातको सम्भावना
काठमाण्डौ । नेपालमा यस वर्षको मनसुन औपचारिक रूपमा पश्चिमी भू–भागबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मिति २०८२ असोज २० (६ अक्टोबर २०२५) देखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थानमा मनसुन समाप्त भइसकेको छ। साथै, गण्डकी प्रदेशको पश्चिमी भेगका केही क्षेत्रमा पनि मनसुन हटिसकेको जनाइएको छ।