संसद्का दुवै सदनको बैठक बस्दै, चार विधेयक प्रतिनिधिसभामा छलफलका लागि पेस हुँदै
काठमाण्डौ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ। सिंहदरबारस्थित संसद् भवनमा बस्ने बैठकमा विभिन्न विधेयकलाई छलफल तथा प्रक्रियामा अघि बढाउने कार्यसूची रहेको छ।प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।सभामुख डोलप्रसाद अर्यालले...

