बिहीबार, श्रावण १५,२०८२ 11:07:39
  • बिहीबार, श्रावण १५,२०८२ 11:07:39
Global IME Bank Limited

सार्वजनिक ऋण २६.६९ खर्ब पुग्यो, एकै आवमा २.३१ खर्ब थपियो

Hyundai Nepal
सार्वजनिक ऋण २६.६९ खर्ब पुग्यो, एकै आवमा २.३१ खर्ब थपियो
Shivam Cement

काठमाण्डौ । आर्थिक वर्ष २०८१÷८२ मा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। कुल सार्वजनिक ऋणमा असार मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५२.४९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.५१ प्रतिशत छ ।

कुल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋण २२.१४ र बाह्य ऋण २४.५६ प्रतिशत हुन आउँछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आवमा मात्रै २ खर्ब ३१ अर्ब ८ करोड सार्वजनिक ऋण थपिएको छ ।  

 

Muktinath Bikas Bank Limited

गत आर्थिक वर्षमा सरकारले आन्तरिक ऋण शतप्रतिशत उठाउँदा बाह्य ऋण भने ५७ प्रतिशत हाराहारी मात्रै उठाउन सकेको देखिएको छ । गत आवमा सरकारले १ खर्ब २५ अर्ब ३९ करोड ९९ लाख मात्रै बाह्य ऋण उठाएको छ । सरकारले उक्त आवमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण र  २ खर्ब १७ अर्ब बाह्य ऋण गरी कुल ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो ।  

वार्षिक लक्ष्यको तुलनामा गत आवको कुल सार्वजनिक ऋण प्राप्ति ८३.२५ प्रतिशत हो ।  

त्यस्तै, गत आवमा सरकारी ऋणको साँवा ब्याज भुक्तानीका लागि ४ खर्बभन्दा बढी खर्च भएको छ । आव २०८१/८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब ८५ करोड विनियोजन भएकोमा असार मसान्तसम्म ३ खर्ब ६२ अर्ब ५९ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ९०.०१ प्रतिशत हो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.