बिहीबार, श्रावण २१,२०८३ 05:20:07
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 05:20:07
Bizshala
Global IME Bank Limited

दुर्घटनामा परेको जेजु एयरको सेयरमूल्यमा व्यापक गिरावट, एक वर्षमा दक्षिण कोरियाली बजार १०% ले घट्यो

दुर्घटनामा परेको जेजु एयरको सेयरमूल्यमा व्यापक गिरावट, एक वर्षमा दक्षिण कोरियाली बजार १०% ले घट्यो
New Office

काठमाण्डौ । आइतबार दुर्घटनामा परेको दक्षिण कोरियाको हवाई कम्पनी जेजु एयरको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । आज जेजु एयरको सेयरमूल्य इन्ट्रा डे कारोबारमा १६ प्रतिशतले घट्दै ८.७ प्रतिशतको गिरावटका साथ बन्द भएको छ ।  

कम्पनीको यो गिरावट हालसम्मकै उच्च हो । यो कम्पनी सन् २०१५ मा सूचीकृत कम्पनी हो । यो कम्पनीको बजार पूँजीकरण ४१० मिलियन डलरबराबर रहेको छ ।  

यस्तै आज जेजु एयरको माउ कम्पनी एके होल्डिङको सेयरमूल्य पनि १२ प्रतिशतले घटेको छ । एके होल्डिङको बजार पूँजीकरण ८७ मिलियन डलरबराबर रहेको छ ।  

आईतबार ब्याङककबाट फर्किने क्रममा जेजु एयरको विमान दक्षिण कोरियाको विमानस्थालमा दुर्घटनमा परेको थियो । जसमा १७९ जनाले ज्यान गुमाएका थिए । विमान कुल १८१ जना यात्रु र ४ विमानका चालक दल सवार थिए ।  

आज समग्रमा दक्षिण कोरियाको सेयर बजार मापक इन्डेक्स‘कोस्पी’०.२ प्रतिशतले घटेको छ । आज सन् २०२४ को अन्तिम कारोबार दिन हो । यो वर्ष कोस्पी इन्डेक्स झण्डै १० प्रतिशतले ओरालो लागेको छ । सन् २०२३ मा कोस्पी इन्डेक्स १९ प्रतिशतले बढेको थियो ।  

यो वर्ष दक्षिण कोरियाली मुद्रा वनको मूल्य पनि अमेरिकी डलरको तुलनामा १२ प्रतिशतले घटेको छ । जुन सन् २००८ पछि कै खराब अवस्था हो ।  

दक्षिण कोरियामा देखिएको राजनीतिक संकटका कारण सेयर बजारले गति लिन सकेको छैन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.