काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले फागुन १३ गतेदेखि ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र डिल्लीबजारमा रहेको कम्पनीको मुख्य कार्यालयमा लिखित जानकारी दिनुपर्नेछ ।
यदि उक्त मितिभित्र कुनै जानकारी प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।