काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्थाको लक इन समयावधि आगामी बैशाखमा समाप्त हुने भएको छ । संस्थाको ४ लाख २३ हजार २८१ कित्ता सेयरको लक इन अवधि वैशाख ८ गते समाप्त हुन लागेको हो ।
सो मितिमा संस्थाको संस्थापकहरुको सेयर र कर्मचारीका लागि बाँडफाँड गरिएको सेयरको लक इन अवधि समाप्त हुनेछ । लक इन अवधि खुल्न लागेको कुल सेयरमा ४ लाख २० हजार र कर्मचारीका लागि बाँडफाँड गरिएको ३ हजार २८१ कित्ता रहेको छ ।
संस्थाले विसं २०७८ चैत २५ गतेदेखि चैत ३० गतेसम्म आम सर्वसाधारण(कर्मचारीमा समेत)लाई आईपीओ जारी गरेको थियो । उक्त आईपीओ २०७९ वैशाख ९ गते बाँडफाँड भएको थियो ।
धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।