काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था श्रृजनशील लघुवित्तसँग मर्जरमा जानबाट पछि हटेको छ । संस्थाले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
संस्थाले हाल श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै डिमर्जको प्रक्रियालाई अघि बढाइएको जनाएको छ । संस्थाले यथास्थितीमा श्रृजनशील लघुवित्तसँग मर्जरको प्रक्रिया अगाडी बढाउने सकिने अवस्था नभएको उल्लेख गरेको छ ।
यी दुई संस्थाले गत पुस ११ गते एक आपसमा मर्जरमा जाने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यी दुई संस्थाले मर्जरको अन्तिम स्वीकृतीका लागि गत माघ ७ गते नेप्सेमा निवेदन दिएका थिए ।