काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा दुई बीमा र एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा बोनस सेयर सूचीकृत हुनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स(८.६३%) ,यूनाइटेड अजोड इन्स्योरेन्स(१०.२६१२%) र जीवन विकास लघुवित्त(१४% )को बोनस सेयर सूचीकृत भएको हो ।
जसमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको १९ लाख ८६ हजार २२४ कित्ता,यूनाइटेड अजोड इन्स्योरेन्सको १९ लाख ५४ हजार ३२० कित्ता र जीवन विकास लघुवित्तको १६ लाख ५४ हजार ८४७ कित्ता गरी कुल ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
यी कम्पनीहरुले गत आर्थिक वर्षका लागि प्रदान गरेको बोनस सेयर सूचीकृत भएको हो ।