आईतवार, असार ८,२०८२ 07:04:17
  • आईतवार, असार ८,२०८२ 07:04:17
Global IME Bank Limited

सेयर शिक्षा दिन ‘इन्भेष्टमेन्ट गुरु’ सञ्चालनमा

Hyundai Nepal
सेयर शिक्षा दिन ‘इन्भेष्टमेन्ट गुरु’ सञ्चालनमा
Nabil Bank Limited

काठमाण्डौ । नेपाली लगानीकर्तालाई सेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

काठमाण्डौमा आयोजित एक समारोहबीच लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिप प्रज्वलन र चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिवन काटेर औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै संग्रौलाले संस्थाले शिक्षित र सचेत लगानीकर्ता तयार पार्न सघाउने विश्वास व्यक्त गरिन् ।

संस्थाका सीईओ अमित झाका अनुसार इन्भेष्टमेन्ट गुरु आम नागरिकलाई वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको हो । उनले विशेषगरी नयाँ लगानीकर्ता तथा सेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने जानकारी दिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

इन्भेष्टमेन्ट गुरुले अनलाइन र भौतिक दुवै माध्यममार्फत् शिक्षा प्रदान गर्नेछ । यसका लागि संस्थाको कार्यालयमा सुविधा सम्पन्न कक्षाकोठा तयार गरिएको छ जहाँ एकसाथ भौतिक र अनलाइन कक्षा सञ्चालन गर्न सकिने सुविधा छ ।

सेयर बजारका आधारभूत सिद्धान्त, लगानीकर्ताका, जोखिम व्यवस्थापन, बजार विश्लेषण, प्रतिफल मूल्याङ्कन जस्ता विषयमा प्रशिक्षण, सेमिनार तथा परामर्श सेवा प्रदान गरिने संस्थाले जनाएको छ ।

संस्थापक झा स्वयं विगत पाँचवर्षदेखि सेयरसम्बन्धी प्रशिक्षण तथा परामर्श क्षेत्रमा सक्रिय छन् । उनले बताए अनुसार ‘इन्भेष्टमेन्ट गुरु’मार्फत आधारभूतदेखि एड्भान्स स्तरसम्मको सेयर शिक्षा प्रदान गरिनेछ ।

निकट भविष्यमा सेयर शिक्षा देशका विभिन्न भागहरूमा विस्तार गर्ने योजना पनि संस्थाले लिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.