काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ९ अर्ब १४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद भएको छ, भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज कम्पनी र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा सुमेरु सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, एबीसी सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा सुमेरु सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज १ अर्ब ६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ३२.१३ प्रतिशत सेयर खरिद भएको छ भने ६७.८७ प्रतिशत सेयर बिक्री भएको छ ।
