बुधबार, असार ११,२०८२ 10:57:03
  • बुधबार, असार ११,२०८२ 10:57:03
Global IME Bank Limited

सेयर बजारमा प्रायः महँगा कम्पनीमा किन झुम्मिन्छन् लगानीकर्ता ?

Hyundai Nepal
सेयर बजारमा प्रायः महँगा कम्पनीमा किन झुम्मिन्छन् लगानीकर्ता ?
Nabil Bank Limited

काठमाण्डौ । संसारमा सायद सेयर बजार मात्रै यस्तो एउटा यस्तो ठाँउ होला, जहाँ सेयरको भाउ जति महँगो हुँदै गयो त्यति नै खरिद गर्नेहरु तँछाड मछाड गर्ने गर्छन् । तर त्यही कम्पनी सस्तो र अन्डर भ्यालु हुँदा भने धेरैको ध्यान त्यस कम्पनीमा गएको हुँदैन ।  

सेयर बजारमा एउटा अनौठो परिदृष्य देखिन्छ सेयरको भाउ जति घट्दै गयो किन्ने मान्छे त्यति नै पछि हट्दै गएका हुन्छन् । यसको विपरित सेयरको भाउ बढेर ओभर भ्यालु हुँदै गयो भने खरिद गर्नेहरुको जमात पनि बढ्दै जान्छ । यहि कारणले जति–जति बजार बढ्दै जान्छ त्यति नै सेयर कारोबार र भोल्युम पनि बढ्दै जाने गर्छ । जब बजार स्थिर हुन्छ सेयर खरिद गर्नेको संख्या पनि कम हुँदै जाने गर्छ ।  

अखिर किन मानिसहरुले बजार बढ्दा महङ्गा सेयरमा मात्रै बढी ध्यान दिन्छन् त ? विश्व सेयर बजारमा बादशाह भनेर चिनिने वारेन बफेट भन्छन् ‘लगानीकर्ताहरुले जहिले पनि बढ्दो बजारलाई होईन, घट्दो  बजारलाई महत्व दिनुपर्छ ।’ तर सेयर बजारमा भने धेरै लगानीकर्ताहरले त्यसो गरेको पाइदैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपालकै सेयर बजारमा पनि एउटा समय थियो जब स्ट्याण्डर्ड चार्टड बैंक, एभरेष्ट बैंक जस्ता कम्पनीको सेयर हुने लगानीकर्तालाई हेर्ने दृष्टिकोण नै भिन्न थियो । किनकी यि कम्पनीको सेयरलाई ब्लुचिप कम्पनी मानिन्थ्यो । सेयरको भाउ पनि पाँच हजार माथि थियो । तर अहिले यिनै कम्पनीको सेयर भाउ ६÷७ सयमा चलिरहेको छ । तर किन्ने लगानीर्ताले खासै वास्ता गरेको पाइदैन ।  

त्यसैगरि अघिल्लो बुलमा नागरिक लगानी कोष र हिमालय डिष्टिलरीको सेयरमूल्य पनि पाँच हजार माथि नै थियो । सेयर बजारमा किन्ने लगानीकर्ताहरु हानाथाप हुन्थ्यो । तर अहिले यी कम्पनीको सेयर मुल्य तल्लो विन्दुमा रहेको छ । यी कम्पनीहरुमा पनि लगानीकर्ताहरुको खासै आकर्षण देखिदैन ।  

किन महङ्गा कम्पनीमा मात्रै आँखा लगाउँछन् लगानीकर्ता ?

सेयर बजार भनेको एउटा आशाको खेति गर्ने क्षेत्र पनि हो । यो बजार लगानीकर्ताको आशै आशमा चलेको हुन्छ । यहि भएर सेयर लगानीकर्ताहरुले भविष्यको मूल्यलाई पच्छ्याई रहेका हुन्छन् । विश्वको सेयर बजार नियाल्ने हो भनेपनि सबैजसो सेयर बजारमा सेयर लगानीकर्ता भन्दा सेयर कारोबारी हाबी भएको पाइन्छ ।  

उनीहरुले जहिले पनि आफूले सेयर किने पछि सेयरको मूल्य बढ्ने आशा गरेका हुन्छन् । विश्वभरका सेयर बजारमा लगानीकर्ताहरुको मनोविज्ञान प्रायः एउटै हुने गर्छ । यहि कारणले गर्दा पनि सेयर बजार जति बढ्यो त्यति नै नयाँ–नयाँ लगानीकर्ता बजार भित्रिने गर्छन । उनीहरले अघिल्लो दिनको मूल्यलाई वास्ता नगरि महङ्गा कम्पनीहरुमा पैसा तिर्न तयार हुन्छन् । यहि कारण बढ्दो बजारमा सेयरको मुल्यले आकाश छुने गर्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.