शुक्रबार, जेष्ठ १,२०८३ 03:05:42
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:05:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर बजारमा फेरिँदै दृश्य, चिया पसलदेखि पाँचतारे होटलबाट हुन्छ खेलाडीको कारोबार

Laxmi Sunrise Bank Limited
सेयर बजारमा फेरिँदै दृश्य, चिया पसलदेखि पाँचतारे होटलबाट हुन्छ खेलाडीको कारोबार
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय कोभिड महामारीअघि र कोभिडपश्चात सेयर बजारको परिदृश्य बदलिएको छ । प्रथामिक बजारमा होस् वा दोस्रो बजारमा कोभिडपछि लगानीकर्ताहरुको कारोबार गर्ने परिपाटी फेरिएको छ । कोभिड अघि आईपीओमा जम्मा ४ लाख आवेदन मात्रै पर्ने गर्थे ।  

त्यसपछि कोभिडका कारण सबै क्षेत्र बन्द हुँदा सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको आकर्षण ह्वात्तै बढ्यो । फलस्वरुप हाल आईपीओमा २२ लाख माथि आवेदन पर्न थालेको छ । त्यसैगरि दोस्रो बजारमा सेयर कारोबारको अवस्था पनि बदलिएको छ । अहिले डिम्याट खाताको संख्या ६८ लाख पुग्नै लाग्दा टीएमएस लिनेको संख्या मात्रै २५ लाख पुगेको छ ।  

केही समय पहिले एकै दिन ३० अर्बसम्म सेयर कारोबार भएको थियो । कोभिड अघि सेयर लगानीकर्ताहरु भौतिक रुपमा नै सेयर कारोबार गर्न ब्रोकर हाउस पुग्ने गर्थे । तर कोभिड पछि भने सेयर लगानीकर्ताहरु ब्रोकर हाउस भन्दा बढी सामाजिक सञ्जालमा नै भेटिन्छन् । पहिले ब्रोकरहाउसमा हुने चहलपहल अहिले ह्वात्तै घटेको देखिन्छ ।  

Bizshala
New Office
CG Motors

बिहान कारोबार समयमा पुतलीसडकका चिया पसलमा नियाल्न हो भने अधिकांश लगानीकर्ताहरु चिया पसलबाटै सेयर कारोबार गरिरहेका हुन्छन् । धेरैजसो कारोबारीहरु ग्रुप बनाएर निजी कार्यालय नै खोलेर सेयर कारोबार गरेका भेटिन्छन् । यति मात्रै नभएर केही ठूला कारोबारीहरु भने पाँच तारे होटलमा नै बसेर सेयर कारोबार गर्ने गरेको पनि छन् । ती खेलाडीहरुले एउटै कम्पनीका लाखौ कित्ता सेयर कर्नरिङ तथा सर्कुलर ट्रेडिङ गर्ने गरेको पनि छन् ।  

अहिले अनलाइन सेयर कारोबार आइसकेपछि कुनै समयमा पुतलीसडकमा मात्रै सीमित रहेको सेयर कारोबार अहिले चारकोषे झाडीबाट पनि हुन थालेको छ । यो सँगै सेयर कारोबारमा नयाँ–नयाँ खेल र खासगरि विदेशमा रहेका लगानीकर्ताहरुलाई समाजिक सञ्जालबाट प्रभावमा पारेर सेयर भिडाउने चलन पनि बढेको छ । तर पछिल्लो समय बजारमा नयाँ लगानीकर्ता नआँउदा र पुराना लगानीकर्ताले खेलाडीको खेल बुझिसके पछि ठूला खेलाडीले आफै किन्ने र आफै बेच्ने गरेको पनि बजारमा चर्चा छ । केहीले भने सामजिक सञ्जालमा ग्रुप बनाएर पैसा नै उठाएर पनि सेयर कारोबार गर्ने गरेका पनि छन् । तर यस विषयमा नियामक निकाय भने खासै चनाखो हुन सकेको पाइँदैन ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.