सोमबार, असार १६,२०८२ 11:38:48
  • सोमबार, असार १६,२०८२ 11:38:48
Global IME Bank Limited

अब खातामा आएकै दिन सेयर बेच्न मिल्ने !

Hyundai Nepal
अब खातामा आएकै दिन सेयर बेच्न मिल्ने !
Nabil Bank Limited

काठमाण्डौ ।  सीडीएससीले हाल नयाँ एपीआई पोलिसी लागू गरेको छ । हाल नयाँ एपीआई पोलिसी नयाँ टीएमएस लिने ब्रोकरहरुले मात्रै प्रयोग गरेका छन् । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले दिएको जानकारी अनुसार नयाँ एपीआई अपग्रेड गरेका नयाँ तथा पुराना टीएमएस चलाउने सबै ब्रोकरहरुबाट खातमा आएकै दिनमा सेयर बेच्न मिल्ने छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

‘हाल नयाँ टीएमएस लिएका ब्रोकरहरुले नयाँ एपीआई अपग्रेड गरेका कारण खातामा आएको दिनमा नै सेयर बेच्न सकेका हुन सक्छन्’ न्यौपानेले भने । जस्तो उदाहरणका लागि कसैले आइतबार सेयर किन्यो भने सोमबार ब्रोकरहरुको पुल खातामा आउने गर्छ । मंगलबार भने लगानीकर्ताहरुको खातामा आउने गर्छ । हालको एपीआईमा लगानीकर्ताहरुले बुधबार मात्रै सेयर बेच्न मिल्छ ।  

तर नयाँ एपीआई लिनेहरुले भने यदि सेयर ३ बजे भित्रमा डीपीहरुले लगानीकर्ताको खातामा सेयर हालिदिएको खण्डमा खातामा आएकै दिनमा पनि सेयर बेच्न मिल्ने प्रवक्ता न्यौपानेले जानकारी दिए । यसको अर्थ नयाँ टीएमएस लिएका ब्रोकरबाट मात्रै यो मिल्ने भन्ने होइन । अब यदि पुराना टीएमएस लिएका ब्रोकरहरुले पनि नयाँ एपीआई अपग्रेड गरेको खण्डमा खातामा नै सेयर आएको दिनमा सेयर बेच्न सक्ने छन् । यसको अलावा यदि कसैले सेयर प्लेजमा राखेको थियो भने पनि अब रिलिज भएकै दिनमा पनि सेयर बेचेर सेटलमेन्ट गर्न सक्ने प्रवक्ता न्यौपानेले जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.