काठमाण्डौ । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा सुधार आयो । आज बजार बढ्दा कारोबारमा भने सुधार हुन सकेन । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ ।
म्याक्डीबाट नियाल्दा केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । यद्यपी क्रसओभर भने भईहालेको अवस्था भने होइन । आरएसआई न्यूट्रल जोन चलेको देखिन्छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा आज बजार घट्न रोकिएको मान्न सकिन्छ । हालको कारोबार २० दिनको एभरेज भन्दा तल नै रहेको छ ।
यस हिसाबले यदि आगामी कारोबारमा साढे आठ अर्बभन्दा माथि कारोबारसहित अपर ब्याण्ड सँगै बजार हिड्न थालेमा बजार बुलिस बन्दै गरेको मान्न सकिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।