काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारण सभाबाट पारित भएको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको उक्त दरको कुल ३७ लाख ८० हजार ४८० कित्ता बोनस सेयर आज सूचीकृत भएको हो । यो कम्पनीको अब नेप्सेमा सूचीकृत सेयर संख्या ५ करोड १० लाख ३६ हजार ४८० पुगेको छ ।
सूचीकृत बोनस सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।