काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तारा कुवँर चयन भएकी छन् । संस्थाको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले कुवँरलाई अध्यक्षमा चयन गरेको हो ।
उनलाई संस्थाको छैटौं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालकहरुमध्ये बाट अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । उक्त सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालक पुनःनिर्वाचित भएका छन् ।
नवनिर्वाचित हुने सञ्चालकमा तारा कुवँर, माया भण्डारी,सुभाष जमरकटेल र डा.इमान सिंह गुरुङ रहेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।