काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालन गरिरहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना पुनःसञ्चालनमा आएको छ ।
गत जेठ ३२ गते आएको बाढी–पहिरोका कारण क्षति पुगेको उक्त आयोजना फागुन २७ गतेदेखि बिहान ११.२० बजेदेखि पुनःसञ्चालनमा आएको हो ।
उक्त बाढी–पहिरोका कारण जेठ ३२ गतेदेखि आयोजनाबाट विद्युत उत्पादन पूर्ण रुपले बन्द भएको थियो । आयोजनाको क्षमता ९.९४ मेगावाट रहेको छ ।