काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सदाबहार योजना ’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ५ करोड इकाइका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
प्रति इकाइ मुल्य रु.१० दरको ५ बीजपूँजी बापत न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्धक सिटिजन्स बैंक इन्टरनेशनललाई सुरक्षित राखी बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि गत असार १३ गतेदेखि बिक्रीमा राखिएको थियो ।
यो योजना खुलामुखी योजना भएकाले निरन्तर चलिरहनेछ । पहिलो चरणको निष्कासन तथा बाँडफाँड सम्पन्न भएको मितिले तीन महिनापश्चात योजनाको इकाई निरन्तर निष्कासन तथा बिक्रीका लागि खुला रहनेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ५० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।