काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा १६ अर्ब रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, नागरिक स्टक डिलर, सनि सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज १ अर्ब ८३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५२.८५ प्रतिशत सेयर खरिद भएको छ भने ४७.१५ प्रतिशत सेयर बिक्री भएको छ ।
