सोमबार, आश्विन २६,२०८३ 02:53:43
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 02:53:43
Bizshala
Global IME Bank Limited

हाइड्रोपछि विकास बैंक समूहले बनायो नयाँ रेकर्ड, पुग्यो हालसम्मकै उच्च विन्दुमा

Bizshala
हाइड्रोपछि विकास बैंक समूहले बनायो नयाँ रेकर्ड, पुग्यो हालसम्मकै उच्च विन्दुमा
New Office

काठमाण्डौ । विकास बैंक समूहले नयाँ रेकर्ड बनाएको छ । नेप्सेको फ्लोरसिटअनुसार यो समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  

आजसम्म विकास बैंक समूह ६ हजार ५६८ विन्दुमा पुगेको छ । जुन यो हालसम्मकै उच्च हो । यसअघि २०७८ भदौ २ गते यो समूह ६ हजार ४१८ विन्दुमा पुगेको थियो ।

आज विकास बैंक समूहको २ अर्ब ९८ करोड रुपैयाँमाथिका सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी विकास बैंक समूह ३.०४ प्रतिशतले बढ्दा सबै बैंकको सेयरभाउ बढ्न पुगेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

पछिल्लो समय विकास बैंक समूहअन्तर्गत लो क्यापमा गनिने बैंकहरुमा लगानीकर्ता बढी आकर्षित छन् । ग्रीन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी र सिन्धु विकास बैंक जस्ता बैंकहरुको सूचीकृत सेयर संख्या थोरै भएकाले विकास बैंक समूहको चार्म बढ्दो छ ।  

यसअघि गत साउन ८ गते हाइड्रो समूह पनि हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिनसम्म हाइड्रो समूह ३ हजार ९४१.९५ विन्दुमा पुगेको थियो । यसअघि २०७८ भदौ २ गते हाइड्रो समूह ३ हजार ८७७ को विन्दुमा पुगेको थियो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.