काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १३.५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
सो प्रतिशत दरको कुल ९ लाख ३२ हजार ४२१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो संस्थाको सूचीकृत सेयर संख्या ७८ लाख ३९ हजार २४६ कित्ता पुगेको छ ।
उक्त सूचीकृत बोनस सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।