काठमाण्डौ । सेयर बजार परिसूचक नेप्सेको प्रिओपन सेसनमा आज सामान्य अंकको बढोत्तरी भएको छ ।
बजारका लागि आवश्यक सबै पक्ष सकारात्मक रहेको बेला बजार बढ्ने आशाका बीच प्रिओपन सेसनमा लगानीकर्ताहरुले कारोबार गरेका देखिएको छ ।
आज प्रिओपन सेसनमा नेप्से परिसूचक १.५३ अंकले बढेको छ ।
कुल ३३ वटा कम्पनीको कारोबार भएकोमा १७ वटाको मूल्य बढेको छ भने ११ वटा घटेको छ । बाँकी ५ वटाको सेयरमूल्य स्थिर देखिएको छ ।
प्रिओपन सेसनमा धेरै मूल्य बढेर कारोबार भएका कम्पनीहरु मिश्रित छन् ।
विन नेपाल लघुवित्त, चन्द्रागिरी हिल्स, हाथ्वे इन्भेष्टमेन्ट, मोलुङ हाइड्रो लगायतका कम्पनीहरुको मूल्य बढेको छ ।
प्रिओपन सेसनको प्रारम्भिक रुझान हेर्दा लगानीकर्ताहरु बजारप्रति धेरै उत्साहित छैनन् भन्ने देखिन्छ । यहीकारण आजको बजार कति अंकले बढ्छ वा घट्छ भन्ने अनुमान गर्न गाह्रो देखिन्छ ।