काठमाण्डौ । ओमोडा नेपालले आफ्नो ‘वेटिंग क्यान बी फन’कार्यक्रम चैत्र ३ गते ओमोदा शोरुम, उत्तरढोकामा सम्पन्न गरेको छ। उक्त कार्यक्रमले गुणस्तरीय सवारी साधनसँगै आफ्ना मूल्यवान ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू प्रदान गर्ने ओमोडाको उद्धेश्यलाई सार्थक बनाएको कम्पनीले जनाएको छ ।
अप कमेडीले कार्यक्रमलाई हास्यप्रद बनाएको थियो। साथमा प्रत्यक्ष संगीतले न्यानो र रमाइलो वातावरण सिर्जना गरेको कम्पनीले जनाएको छ । उक्त अवसरमा अन्तरक्रियात्मक खेलहरूबास्केटबल, फुसबल र भिआर अनुभव प्रदान गरिएको थियो ।