काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको झण्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीला्रई दिनुपर्ने भएकाले यो सेयर संस्थाको विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको संस्थाले जनाएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिर्इ सक्नुपर्नेछ ।
लगानीकर्ताले काभ्रेपलाञ्चोकमा रहेको संस्थाको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ ठमेलमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
तोकिएको मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ ।