शनिबार, श्रावण २३,२०८३ 03:57:41
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 03:57:41
Bizshala
Global IME Bank Limited

लगानीकर्ताको दैनिक दौडधूप, राष्ट्रबैंकमा पुगेर राखे ९ बुँदे माग

लगानीकर्ताको दैनिक दौडधूप, राष्ट्रबैंकमा पुगेर राखे ९ बुँदे माग
New Office

काठमाण्डौ । सेयर लगानीकर्ताका ५ वटा संगठनले शुक्रबार नेपाल राष्ट्रबैंकलाई एक ज्ञापनपत्र बुझाउँदै ९ बुँदे माग प्रस्तुत गरेका छन् ।  

गभर्नर विश्वनाथ पौडेल अमेरिकामा रहेका कारण कामू गभर्नर डा. निलम ढुंगाना(तिम्सिना)ले लगानीकर्ताहरुको प्रतिनिधिको ज्ञापनपत्र बुझेकी थिइन् । 

बिहीबार लगानीकर्ताहरुको यही समूहले धितोपत्र बोर्डमा समेत ज्ञापनपत्र बुझाएको थियो । केन्द्रीय बैंकपछि अब अर्थमन्त्रालयमा समेत ज्ञापनपत्र बुझाउने उनीहरुको तयारी छ ।  

बजारमा लगातार गिरावट आउँदा समेत लगानीकर्ताको मनोबल माथि उठ्न नसकेपछि पूँजीबजारका सबै खालका समस्या समाधान गर्न यो समूह लागिपरेको देखिएको छ । 

जनरल इन्भेष्टर्स एशोसिएसन, नेपाल धितोपत्र लगानीकर्ता संघ, साधारण लगानीकर्ता संघ, नेपाल सेयरधनी संघ र नेपाल सेयरबजार लगानीकर्ता संघको तर्फबाट ज्ञापन बुझाइएको हो ।  

लगानीकर्ताहरुले पूँजीबजार सुधार कार्यदलले सुझाव दिए पनि नेपाल राष्ट्रबैंकले कार्यान्वयन गर्न छुटाएको असोज मसान्तमा बुझाउनुपर्ने ब्याजलाई पुस मसान्तसम्म बुझाए पनि हुने व्यवस्था तत्काल लागू गर्नुपर्ने, बैंकको कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्र सेयरधितो कर्जाको रुपमा प्रवाह गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् । 

लघुवित्त कम्पनीले नाफाबाट सेयरधनीलाई दिने लाभांशमा लगाइएको क्याप हटाउन समेत माग गरेका छन् ।  

उनीहरुले बुझाएको ज्ञापनपत्र यस्तो छः

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.