बिहीबार, श्रावण २८,२०८३ 07:15:14
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 07:15:14
Bizshala
Global IME Bank Limited

सेयर लगानीकर्ताद्वारा कर चुक्ताको अनलाइन क्यूआर कोडको माग

Prabhu Bank Limited
सेयर लगानीकर्ताद्वारा कर चुक्ताको अनलाइन क्यूआर कोडको माग
New Office

काठमाण्डौं । अहिले धेरै जस्तो काममा कर चुक्ता आवश्यक पर्ने गर्छ । पूँजीगत लाभकर पनि एउटा आम्दानीको स्रोत हो । यो कर अन्य कर भन्दा अझ बढी पारदर्शी हुन्छ । जुनसुकै प्रकारको कर्जा लिन होस् वा विदेश अध्यन वा भम्रण गर्न जाँदा कर चुक्ता आवश्यक हुन्छ । यसले व्यक्तीको वैध आम्दानी तथा सम्पत्ति देखिन्छ । 

पूँजीबजारमा पनि अल्पकालिन लगानीकर्ताहरुले साढे ७ प्रतिशत कर तिरका हुन्छन भने दीर्घकालिन लगानीकर्ताहरु ५ प्रतिशत कर तिरेका हुन्छन् । हाल यस्तो कर चुक्ताको प्रमाणपत्र लगानीकर्तालाई कर कार्यलयबाट कागजमा मात्रै दिने गरिएको छ । तर लगानीकर्ताहरले भने आफुहरुले तिरेको कर अब अनलाइन बाट जहाँबाट पनि हेर्न सकिने क्युआर कोर्ड सहितको पाउनु पर्ने माग गरेका छन् । अनलाइन क्युआर कोर्ड सहितको भएको खण्डमा विदेशी दुतावासहरुले पनि विश्वास गर्ने भएकाले लगानीकर्ताहरुले यस्तो माग गरेका हुन् । 

सेयर बजारमा सक्रिय लगानीकर्ता पुरुषोत्तम कंडेलले यो समस्याबाट आफु पनि प्रभावित बनेको बताए । उनले कर चुक्ता लिन कालीमाटी कर कार्यलय पुगेको तर कर कार्यलयले कागजी रुपमा कर चुक्ताको प्रमाण पत्र थमाइदिएको बताए । यसबाट कंडेलले कार्यालयमा असन्तुष्टी राखेको तर कर कार्यलयका कर्मचारीले यस विषयमा अर्थमन्त्रालयमा गुनासो राख्न भन्दै गैरजिम्मेवारपूर्ण जवाफ दिएको बताए । 

कंडेल भन्छन,‘अरु करदातालाई क्युआर कोर्ड सहितको अनलाइन प्रमाण दिइन्छ । तर हामीलाई एउटा कागजमा मात्रै दिइन्छ । संसार डिजिटल भै सक्यो तर हाम्रो कर मात्रै असुल्ने कर कार्यलय अझै ढृुंगे युगमा नै छ ।’ कंडेल एक प्रतिनिधि पात्र मात्रै हुन । उनी जस्ता अन्य कयौँ सेयर लगानीकर्ता समेत यस समस्याबाट प्रभावित छन् ।

यसै विषयमा बुझ्न खोज्दा यस अघिको डिजी दीर्घराज मैनालीले आफुले राजस्व बिभागमा नरहेको प्रतिक्रिया दिए भने हालका राजस्व विभागका प्रमूख भुपाल बराल सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.