बिहीबार, श्रावण २८,२०८३ 07:15:14
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 07:15:14
Bizshala
Global IME Bank Limited

सन लाइफ क्यापिटलको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

Prabhu Bank Limited
सन लाइफ क्यापिटलको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सन लाइफ क्यापिटल लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४(ग्लोबल मनि वीक)को अवसरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चैत्र ७ र ८ गते क्रमश चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । 

चैत्र ७ गते चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुका साथै लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक सञ्जालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराइएको कम्पनीले जनाएको छ । 

यस्तै चैत्र ८ गते मल्पि इन्टरनेशनल कलेज,चक्रपथ, काठमाण्डौ मा बीबीए आठौं सेमेष्टरका विद्यार्थीहरुलाइ बीमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्द्रित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.