मंगलवार, फाल्गुन ५,२०८२ 07:07:00
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:07:00
Bizshala
Global IME Bank Limited

बाँडफाँड भइसकेका ७ कम्पनीको आईपीओ सूचीकृत हुन बाँकी, ओपनिङ रेञ्ज कुनको कति ?

बाँडफाँड भइसकेका ७ कम्पनीको आईपीओ सूचीकृत हुन बाँकी, ओपनिङ रेञ्ज कुनको कति ?
Shivam Cement

काठमाण्डौ । दशैं र तिहारअघि नै बाँडफाँड भइसकेका ७ कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुन बाँकी छ । जसमा दरमखोला हाइड्रो इनर्जी, माविलुङ इनर्जी, बन्दीपुर केबलकार, बुङ्गल हाइड्रो, झापा इनर्जी र सागर डिष्टिलरी रहेका छन् ।  

नेप्सेका कर्मचारी लामो समयदेखि आन्दोलनरत हुँदा ७ कम्पनीको सेयर सूचीकृत हुन ढिलाई भएको हो । कर्मचारीहरुले बोनसको विषय र नेप्सेका सीईओ र अध्यक्षको राजीनामा माग्दै एक महिनाभन्दा बढी समयदेखि आन्दोलनमा छन् ।

कार्यालयले दिने सेवा प्रवाह सूचारु राखेतापनि सेयर सूचीकरणको कार्य भने हुन सकेको छैन । जसकारण ७ कम्पनीको सेयर सूचीकरणमा ढिलाई भएको छ ।  

नेप्से कर्मचारी संघले नेप्सेका सीईओ चुडामणी चापागाई र अध्यक्ष हेमन्त बस्यालको नियुक्ती तथा कामकारवाहीको विषयमा गम्भीर छानबिन गर्न सरकारसँग आग्रह गरेका छन् ।

ओपनिङ रेञ्ज कुनको कति ?  

आइपीओ बाँडफाँड भइसकेतापनि यी कम्पनीहरुको सेयर सूचीकृत हुन बाँकी नै छ । नेप्सेमा भइरहेको विवाद साम्य भएपश्चात् भटाभट यी कम्पनीहरुको सेयर सूचीकृत हुने देखिन्छ । यतिबेला लगानीकर्ताहरुमा कुन कम्पनीको आइपीओले पहिलो कारोबारको लागि कति ओपनिङ रेञ्ज पाउला भन्ने जिज्ञासाको विषय बनेको छ । कम्पनीहरुले आफ्नो वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा ओपनिङ रेञ्ज पाउनेछन् । नेप्सेले उक्त कम्पनीहरुको नेटवर्थको आधारमा तीनगुणासम्म मूल्य तोक्ने गर्दछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

दरमखोला हाइड्रो इनर्जी

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले पहिलो कारोबारको लागि १४२.८१ रुपैयाँदेखि अधिकतम ४२८.४३ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । यो कम्पनीको आव २०८०÷८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १४२.८१ रुपैयाँ छ ।  

माविलुङ इनर्जी  

माविलुङ इनर्जीले पहिलो कारोबारको लागि १०५.९० रुपैयाँदेखि अधिकतम ३१७.७० रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । यो कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १०५.९० रुपैयाँ रहेको छ ।  

स्वस्तिक लघुवित्त  

स्वस्तिक लघुवित्तले पहिलो कारोबारको लागि १७१.७८ रुपैयाँदेखि अधिकतम ५१५.३४ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १७१.७८ रुपैयाँ रहेको छ ।

बन्दीपुर केबलकार

बन्दीपुर केबलकारले पहिलो कारोबारको लागि ९५.२४ रुपैयाँदेखि  अधिकतम २८५.७२ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । यो कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ ९५.२४ रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बुङ्गल हाइड्रो  

यो कम्पनीले पहिलो कारोबारको लागि १००.८८ रुपैयाँदेखि अधिकतम ३०२.६४ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । यो कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १००.८८ रुपैयाँ रहेको छ ।  

झापा इनर्जी  

झापा इनर्जीले पहिलो कारोबारको लागि १००.१२ रुपैयाँदेखि अधिकतम ३००.३६ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । यो कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १००.१२ रुपैयाँ रहेको छ ।  

सागर डिष्टिलरी  

सागर डिष्टिलरीले पहिलो कारोबारको लागि १०६.५२ रुपैयाँदेखि अधिकतम ३१९.५६ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । यो कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १०६.५२ रुपैयाँ रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.