IME remit
  • सोमबार, कार्तिक १०,२०८२ 07:33:05
IME remit
Global IME Bank Limited

बाँडफाँड भइसकेका ७ कम्पनीको आईपीओ सूचीकृत हुन बाँकी, ओपनिङ रेञ्ज कुनको कति ?

Hyundai Nepal
बाँडफाँड भइसकेका ७ कम्पनीको आईपीओ सूचीकृत हुन बाँकी, ओपनिङ रेञ्ज कुनको कति ?
Shivam Cement

काठमाण्डौ । दशैं र तिहारअघि नै बाँडफाँड भइसकेका ७ कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुन बाँकी छ । जसमा दरमखोला हाइड्रो इनर्जी, माविलुङ इनर्जी, बन्दीपुर केबलकार, बुङ्गल हाइड्रो, झापा इनर्जी र सागर डिष्टिलरी रहेका छन् ।  

नेप्सेका कर्मचारी लामो समयदेखि आन्दोलनरत हुँदा ७ कम्पनीको सेयर सूचीकृत हुन ढिलाई भएको हो । कर्मचारीहरुले बोनसको विषय र नेप्सेका सीईओ र अध्यक्षको राजीनामा माग्दै एक महिनाभन्दा बढी समयदेखि आन्दोलनमा छन् ।

कार्यालयले दिने सेवा प्रवाह सूचारु राखेतापनि सेयर सूचीकरणको कार्य भने हुन सकेको छैन । जसकारण ७ कम्पनीको सेयर सूचीकरणमा ढिलाई भएको छ ।  

नेप्से कर्मचारी संघले नेप्सेका सीईओ चुडामणी चापागाई र अध्यक्ष हेमन्त बस्यालको नियुक्ती तथा कामकारवाहीको विषयमा गम्भीर छानबिन गर्न सरकारसँग आग्रह गरेका छन् ।

ओपनिङ रेञ्ज कुनको कति ?  

आइपीओ बाँडफाँड भइसकेतापनि यी कम्पनीहरुको सेयर सूचीकृत हुन बाँकी नै छ । नेप्सेमा भइरहेको विवाद साम्य भएपश्चात् भटाभट यी कम्पनीहरुको सेयर सूचीकृत हुने देखिन्छ । यतिबेला लगानीकर्ताहरुमा कुन कम्पनीको आइपीओले पहिलो कारोबारको लागि कति ओपनिङ रेञ्ज पाउला भन्ने जिज्ञासाको विषय बनेको छ । कम्पनीहरुले आफ्नो वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा ओपनिङ रेञ्ज पाउनेछन् । नेप्सेले उक्त कम्पनीहरुको नेटवर्थको आधारमा तीनगुणासम्म मूल्य तोक्ने गर्दछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

दरमखोला हाइड्रो इनर्जी

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले पहिलो कारोबारको लागि १४२.८१ रुपैयाँदेखि अधिकतम ४२८.४३ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । यो कम्पनीको आव २०८०÷८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १४२.८१ रुपैयाँ छ ।  

माविलुङ इनर्जी  

माविलुङ इनर्जीले पहिलो कारोबारको लागि १०५.९० रुपैयाँदेखि अधिकतम ३१७.७० रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । यो कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १०५.९० रुपैयाँ रहेको छ ।  

स्वस्तिक लघुवित्त  

स्वस्तिक लघुवित्तले पहिलो कारोबारको लागि १७१.७८ रुपैयाँदेखि अधिकतम ५१५.३४ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १७१.७८ रुपैयाँ रहेको छ ।

बन्दीपुर केबलकार

बन्दीपुर केबलकारले पहिलो कारोबारको लागि ९५.२४ रुपैयाँदेखि  अधिकतम २८५.७२ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । यो कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ ९५.२४ रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बुङ्गल हाइड्रो  

यो कम्पनीले पहिलो कारोबारको लागि १००.८८ रुपैयाँदेखि अधिकतम ३०२.६४ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । यो कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १००.८८ रुपैयाँ रहेको छ ।  

झापा इनर्जी  

झापा इनर्जीले पहिलो कारोबारको लागि १००.१२ रुपैयाँदेखि अधिकतम ३००.३६ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । यो कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १००.१२ रुपैयाँ रहेको छ ।  

सागर डिष्टिलरी  

सागर डिष्टिलरीले पहिलो कारोबारको लागि १०६.५२ रुपैयाँदेखि अधिकतम ३१९.५६ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । यो कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १०६.५२ रुपैयाँ रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.