मंगलवार, फाल्गुन ५,२०८२ 07:05:40
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:05:40
Bizshala
Global IME Bank Limited

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज ग्लोबल आइएमई बैंक, मुक्तिनाथ कृषि कम्पनी र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  

यी कम्पनीहरुमध्ये मुक्तिनाथ कृषि कम्पनी र गुराँस लघुवित्तले कात्तिक १४ गते र ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

ग्लोबल आइएमई बैंकले गत आवका लागि ८ प्रतिशत नगद लाभांश(कर समेत)को प्रस्ताव गरेको छ । बैंकले लाभांशको प्रस्ताव पारित गर्न कात्तिक २६ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेका लागि साधारण सभा डाकेको छ ।  

 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै मुक्तिनाथ कृषि कम्पनीले पनि गत आवका लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ । बैंकको प्रस्तावित लाभांश आगामी कात्तिक २९ गते काठमाण्डौको गैरीधारामा रहेको सिल्भर वक ब्याङक्वेट एण्ड एभेन्ट्स सेन्टरमा बिहान साढे ११ बजेदेखि सुरु हुने साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।  

गुराँस लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद घोषणा गरेको छ । कम्पनीको १० औं साधारण सभा कात्तिक २३ गते धनकुटाको हिलेमा रहेको हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेदेखि आयोजना हुँदैछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.