काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ७ अर्ब ५१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, अनलाइन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा भिजन सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै २ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ८७.०२ प्रतिशत सेयर खरिद भएको छ भने १२.९८ प्रतिशत सेयर बिक्री भएको छ ।


