काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
यी दुवै कम्पनीले घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात गुराँस लघुवित्तको सेयरमूल्य प्रतिकित्ता २०२१.८८ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य २३१० रुपैयाँ कायम थियो ।
गुराँस लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद घोषणा गरेको छ । कम्पनीको १० औं साधारण सभा कात्तिक २३ गते धनकुटाको हिलेमा रहेको हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेदेखि आयोजना हुँदैछ ।
त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १४५८.३३ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५७५ रुपैयाँ थियो । मुक्तिनाथ कृषि कम्पनीले पनि गत आवका लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको प्रस्तावित लाभांश आगामी कात्तिक २९ गते काठमाण्डौको गैरीधारामा रहेको सिल्भर वक ब्याङक्वेट एण्ड एभेन्ट्स सेन्टरमा बिहान साढे ११ बजेदेखि सुरु हुने साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।
आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (76).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (260).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                