मंगलवार, फाल्गुन ५,२०८२ 07:07:18
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 07:07:18
Bizshala
Global IME Bank Limited

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।  

यी दुवै कम्पनीले घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात गुराँस लघुवित्तको सेयरमूल्य प्रतिकित्ता २०२१.८८ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य २३१० रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

गुराँस लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद घोषणा गरेको छ । कम्पनीको १० औं साधारण सभा कात्तिक २३ गते धनकुटाको हिलेमा रहेको हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेदेखि आयोजना हुँदैछ ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १४५८.३३ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५७५ रुपैयाँ थियो । मुक्तिनाथ कृषि कम्पनीले पनि गत आवका लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको प्रस्तावित लाभांश आगामी कात्तिक २९ गते काठमाण्डौको गैरीधारामा रहेको सिल्भर वक ब्याङक्वेट एण्ड एभेन्ट्स सेन्टरमा बिहान साढे ११ बजेदेखि सुरु हुने साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।  

आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।        

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.