शुक्रबार, श्रावण १५,२०८३ 05:22:21
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 05:22:21
Bizshala
Global IME Bank Limited

आज रंगहरुको पर्व होली, सेयर बजार लगायत बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने

आज रंगहरुको पर्व होली, सेयर बजार लगायत बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने
New Office

काठमाण्डौ । रंगहरुको पर्व होलीको आज काठमाण्डौ उपत्यका लगायत देशका पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइदैछ । होलीको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ । आज सेयर बजार लगायत अन्य बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने छन् ।  

हिन्दु समुदायमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीको विशेष महत्व रहेको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको रुपमा मनाइने यो पर्व पुराना तिक्ततालाई  भुली सम्बन्ध प्रगाढ बनाउने पर्वका रुपमा लिइन्छ ।    

हिरण्यकश्यले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्व जोडिएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.