काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक कमल कुमार भारतीको पदावधि थप गरिएको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको ११० औं बैठकले भारतीको पदावधि थप गर्ने निर्णय गरेको हो ।
उनको पदावधि आगामी वार्षिक साधारण सभासम्मका लागि थप गरिएको संस्थाले जनाएको छ । उनी संस्थाको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।