काठमाण्डौ । लाभांशको अजेण्डा पारित गर्दै माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । चैत १३ गते कम्पनीको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
उक्त सभाबाट गत आवका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।
सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरु पारित भएको कम्पनीले जनाएको छ ।
यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ ।