काठमाण्डौ । पाकिस्तानको सेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तराष्ट्रिय मुद्रा कोषसँग थप आर्थिक सहायता उपलब्ध गराउने सहमति भएसँगै पाकिस्तानको सेयर बजारमा उछाल आएको हो ।
गत बिहिबार पाकितस्तानको सेयर बजार इन्डेक्स केएसई–१०० इन्ट्रा डेमा ६७ हजार २४६.०२ विन्दुमा पुग्दै रेकर्ततोड उचाई हासिल गरेको हो । यसअघि गत डिसेम्बर १३ मा पाकिस्तानको सेयर बजार इन्डेक्स ६७ हजार ०९३ विन्दुको उचाईमा पुगेको थियो । बिहिबार केएसई –१०० ६७ हजार १४२.१२ विन्दुमा बन्द भएको थियो ।
आइएमएफले सहायता वृद्धि गर्ने तथा निजीकरण सम्बन्धी सकारात्मक खबरले घरेलु र विदेशी लगानीकर्ताले सेयर खरिद बढाएकाले पाकिस्तानको सेयर बजारमा सुधार देखिएको विश्लेषकले बताएका छन् ।
पाकितस्तान र आइएमएफबीच दोस्रो तथा नौ महिनाको अन्तिम समीक्षामा ३ बिलियन डलर आर्थिक सहायता वृद्धि गर्ने सहमति बनेको थियो ।
यस्तै पाकिस्तानका प्रधानमन्त्री सेबाज सरिफले सरकारी स्वामित्वका घाटामा गएका कम्पनीहरुलाई निजीकरण गर्ने लामो समयदेखिको प्रत्रिलयालाई अघि बढाउने घोषणा गरेका छन् । यसले पनि लगानीकर्तामा उत्साह थपिएको छ । -एजेन्सी