काठमाण्डौ । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमाफर्त बिक्रीमा राखिएको छ । साना किसान कृषि सहकारीले आफ्नो स्वामित्वमा रहेको साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।
यो सेयर खरिदका लागि साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य ३३० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले एनआर्इ शी एशिया क्यापिटलको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु झापा,इटहरी,बर्दिवास,हेटौडा,गजुरी,पोखरा,बुटवल,नेपालगंज,विरेन्द्रनगर,बबरमहल,लहान र अत्तरिया शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति वैशाख २३ गते रहेको छ ।