काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अप्पर हेवाखोला हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १५ प्रतिशत बोनस सेयर आज सूचीकृत भएको हो ।
सो प्रतिशत दरको कुल ७ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै अब कम्पनीको सूचीकृत सेयर संख्या ५७ लाख ५० हजार कित्ता पुगेको छ ।
सूचीकृत बोनस सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

