काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्दैछ । कम्पनीले चैत १० गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको आइपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आजसम्म मात्रै आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले ४९ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुल्ला गरिएको हो ।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयरमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध हुनेछ ।

