काठमााण्डौ । साहस उर्जा लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ ।
कम्पनीले कायम चुक्तापूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति पाएको हो ।
कम्पनीले अब नेपाल धितोपत्र बोर्डसँग हकप्रद निष्कासनको लागि अनुमति माग्नेछ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गरी टाइम्स इनर्जी प्रा.लि.द्वारा प्रवर्धित ३४०.४२३ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पााएको जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।