काठमाण्डौ । चालु आवको ८ महिनासम्ममा साढे १२ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । \
त्यस्तै, सो अवधिसम्म रु.३६ अर्ब ३८ करोड बराबरको साधारण शेयर, रु.१२ अर्ब ५९ करोड बराबरको बोनस शेयर, रु.९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, रु.७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, रु.३ अर्ब ४० करोड बराबरको डिबेन्चर, रु.९२ करोड ५० लाख बराबरको एफपीओ र रु.२ करोड २९ लाख बराबरको अन्य गरी कुल रु.७० अर्ब ४६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३७ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासनको अनुमति दिएको छ ।
जसमा रु.२३ अर्ब १३ करोड बराबरको म्युचुअल फण्ड, रु.८ अर्ब ७० करोड बराबरको साधारण शेयर, रु.४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, रु.२० करोडको डिबेन्चर र रु.५ करोडको एफपीओ रहेका छन् ।

