काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेडको लक इन अवधि आगामी वैशाख महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ४५ लाख ३६ हजार ७०३ कित्ता सेयरको लक इन अवधि वैशाख २६ गते समाप्त हुन लागेको हो ।
कुल सेयर संख्यामा संस्थापक समूहको ४२ लाख कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको २९ हजार ८६३ कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि सुरक्षित गरिएको ३ लाख ६ हजार १४० कित्ता रहेको छ ।
सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

