काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।