काठमाण्डौ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले गत चैत २२ गतेदेखि २५ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीको उक्त आईपीओमा ४२.६२ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङले जनाएको छ ।
मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २७ लाख ८४ हजार ५१९ आवेदन परेको छ । यसमध्ये २६ लाख ७८ हजार ७० आवेदन सदर भएको छ । बदर आवेदनको संख्या १ लाख ६ हजार ४४९ कित्ता रहेको छ ।
कुल सदर आवेदकमध्ये ६८ हजार ४७५ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङले जनाएको छ ।
आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

